यातायातमा सिन्डिकेटविरुद्ध सरकार कठोर बन्दै, रुट इजाजतमा नयाँ नियम

विभागले रुट इजाजत दिने यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा संशोधन गर्दै अब विभागमा पञ्जीकरण भएका कम्पनीका सार्वजनिक सवारीलाई मात्रै रुट इजाजत दिने भएको हो ।
विभागले रुट इजाजत नवीकरण गर्न पनि अब कम्पनीमा दर्ता भएर पञ्जीकरण गरेकै हुनुपर्ने बताएको छ । विभाग पञ्जीकरणको व्यवस्था अनिवार्य गरेपछि अब कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएका कम्पनीका सवारी साधानले मात्र रुट पाउने अवस्था बनेको छ ।
अब कम्पनीमा दर्ता नभएका सवारीले रुट इजाजत पाउने छैनन् । अहिले यातायात समितिहरूले सिन्डिकेट खडा गरेर रूटहरू बिक्री गरिरहेका छन् ।