Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


सर्लाही पूर्णखोपयुक्त जिल्ला घोषणा


0
Shares

प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमार्फत निरन्तर अभियान सञ्चालन गरी जिल्लाभरका एकवर्षदेखि २३ महिनासम्मका सबै अर्थात् १६ हजार एक सय ५३ जना बालबालिकालाई सबै प्रकारका खोप प्रदान गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीका सूचना अधिकारी रामकैलाश यादवले जानकारी दिए ।

जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीको अध्यक्षता एवं सर्लाही क्षेत्र नं. २ का सांसद महिन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यतामा सदरमुकाम मलंगवामा एक समारोहकाबीच जिल्लालाई पूर्णखोपमुक्त घोषणा गरिएको हो ।

यो अभियानलाई सफल बनाउन अब जन्मने बच्चाहरुलाई निरन्तर रुपमा आवश्यक मात्रामा खोप लगाउन सक्नुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

जनस्वास्थ्य कार्यालयमार्फत साविकका गाविसमा हाल एउटा गाविसमा जनसंख्याको आधारमा तीन देखि ५ वटासम्म खोपकेन्द्र मार्फत ससाना बालबालिकालाई खोप प्रदान गरिँदै आएको छ ।

Skip This