
ओभरलोड बोकेका गाडी चेकजाँचमा कडाई गरिएसँगै भन्सार राजश्व दोब्बरले वृद्धि भएको छ । देशभरका भन्सार कार्यालयमा हुने चुहावटलाई रोकथाम गरी भन्सार राजश्व बृद्धि गर्न अर्थमन्त्री युवाराज खतिवडाले देशभरका प्रमुख भन्सार अधिकृतलाई कडा निर्देशन दिएलगत्तै भन्सार कार्यालय र स्थानीय प्रशासनले नाकामा कडाइ गरेका थिए ।
गत महिनासम्म दैनिक भन्सार राजश्व ८० लाखसम्म उठ्ने गरेकोमा हालआएर ओभरलोड गाडी नियन्त्रणसँगै चेकजाँचमा कडाइ गरिएसँगै दैनिक १ सय प्रतिशतले राजश्व वृद्धि भएको कार्यालयले जनाएको छ ।
कृष्णनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको ८ महिनामै बार्षिक लक्ष्य पूरा गरिसकेको छ । कृष्णनगर भन्सारलाई चालु आर्थिक वर्षका लागि ४ अर्ब १३ करोड ५ लाख ४८ हजारको लक्ष्य तोकिएको थियो ।
भन्सार अधिकृत टोपबहादुर भुसालले भन्सारमा तौलकाँटाको माग गरिएको बताए ।
कपिलवस्तुमा मुख्य भन्सार कार्यालय कृष्णनगर र थप ५ छोटी भन्सार सञ्चालनमा छन् ।
प्रतिक्रिया दिनुहोस्