
यात्रीको सुविधालाई मध्यनजर गर्दै नयाँ रुट परमिट लिएर आएको यातायात सेवा सन्चालन हुनेबित्तिकै पुराना व्यवसायीले विभिन्न अवरोध सिर्जना गरिरहेका छन् ।
यसको पछिल्लो घटना अरनिको राजमार्गमा बस सन्चालन गराउने ११ ओटा समितिले बुधबार (आज)देखि आफ्नो बस सेवा बन्द गरेका छन् ।
मयूर यातायात प्रालिले काठमाडौं–बनेपा रुटमा बस चलाउने अनुमति पाएपछि ११ ओटा समितिले ग्रामीण र सहरी दुवै भेगमा बस चलाउन छाडेका हुन् । उनीहरुले विभिन्न माग राखेर बस सन्चालन ठप्प पारेका हुन् ।
काभ्रे र भक्तपुरका सडकमा एकाधिकार कायम गरेका समितिहरुले सेवा अवरुद्ध पर्दा यात्रीहरु मारमा परेका छन् ।
यो सडकमा बुधबार मयूर यातायात र मध्यपुर यातायातलेमात्रै सेवा दिइरहेका छन् ।
यातायात व्यवस्था विभागले जिल्ला प्रशासन कार्यालयमा दर्ता रहेका यातायात संघ र समितिको सिफारिसका भरमा रुट इजाजत नदिने बताइसकेको छ । अब विभागमा पञ्जीकरण भएका सवारीलेमात्रै रुट इजाजत पाउँछन् ।
विभागले रुट इजाजत नवीकरण गर्न पनि अब कम्पनीमा दर्ता भएर पञ्जीकरण गरेकै हुनुपर्ने स्पस्ट पारेको छ ।
यसैबीच, कोटेश्वरपूर्वका ११ ओटा समितिले अरनिको राजर्मागमा बस रोकेपछि सरकारले अरु व्यवसायी तथा कम्पनीलाई काठमाडौंबाट धुलिखेलसम्मको रुट इजाजत लिन आउन आह्वानसमेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्