कोटेश्वर–बनेपा रुटमा चल्यो साझा यातायात

साझाले बुधबारदेखि रत्नपार्क–बनेपा रुटमा बस सन्चालन गरेको हो ।
मयूर यातायातलाई धुलिखेलसम्मको रुट इजाजत दिएको विरोधमा कोटेश्वरपूर्वको यातायात समन्वय समितिले चक्काजाम गर्दा सयौं सर्वसाधरणले दुःख पाइरहेको अवस्थामा साझाले उक्त रुटमा सेवा सुरु गरेको हो ।