
यसदिन नेप्से २७ अंकले बढेर १२ सय २६ विन्दुमा पुग्यो ।
यसदिन कारोबार भएका सबै समूहमा वृद्धि आयो । बिमा समूह सबैभन्दा उच्च २०८ अंकले बढ्यो ।
यस्तै, लघुवित्त समूह ६३ अंकले, होटल ४५ अंकले, विकास बैंक ३९ अंकले उक्लियो भने वाणिज्य बैंक समूहमा पनि १९ अंकको सुधार आयो ।
यसदिन कारोबार परिमाण पनि सुधारियो । १६२ कम्पनीका ९ लाख कित्ता सेयर ३३ करोड ६४ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्