 
	    विराटनगरमा जारी प्रतियोगिताको उपाधि दाबेदार यी दुई टोलीबीचको खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
यसअघि बुधबार भएको खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । तेस्रो क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई टाईब्रेकरमा ४–२ गोलले पराजित गर्दै आर्मीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
उसले शुक्रबार झापा–११ सँग प्रतिस्पर्धा गर्ने छ ।
निर्धारित ९० र थप गरिएको ३० मिनेटको समयमा दुबै टिमबाट कुनै गोल हुन नसकेपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । आर्मीको जितमा गोलरक्षक विकेश कुथुको भूमिका महत्वपूर्ण रह्यो । उनले पेनाल्टी सुटआउटमा नेपाल पुलिसको एउटा प्रहार रोकिदिएका थिए ।
आर्मीका तर्फबाट कप्तान भरत खवास, जर्जप्रिन्स कार्की, दिपक गुरुङ र विवेक बस्नेतको प्रहारले जाली चुम्यो ।
पुलिसका सुमन लामा र दिनेश राजवंशीको प्रहारले मात्रै पोष्टको दिशा लिन सकेको थियो ।
खेलको म्यान अफ दि म्याच नेपाल पुलिसका रवि पासवान घोषित भए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्