३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


सलमान खानलाई पाँच वर्षको जेल सजाय


0
Shares

बिहीबार भारतको जोधपुरस्थित एक अदालतले उक्त घटनामा उनलाई पाँच वर्षको जेल सजाय सुनाएको छ ।

जोधपुरमा सन् १९९८ सेप्टेम्बर २६ मा अवैधरुपमा कालो हरिणको शिकार गरेको अभियोगमा जोधपुर अदालतमा चलेको मुद्दामा बिहीबार उनी दोषी ठहर भएका हुन् ।

अदालतले उनलाई १० हजार भारतीय रुपैयाँ जरिवानासमेत तोकेको छ ।

दोषी ठहर भएलगत्तै सलमानलाई पक्राउ गरी बिहीबारै जोधपुरको सेन्ट्रल जेल चलान गरिएको छ । यद्यपि, उनका वकिलले भने उनीमाथि झुटो आरोप लगाइएको भन्दै आपति जनाएका छन् ।

२० वर्षअघि हिन्दी चलचित्र ‘हम साथ साथ है’को छायाँकनकाक्रममा उनले कालो हरिणको शिकार गरेका थिए ।

सोही चलचित्रको छायाँकनकाक्रममा सलमानसँगै रहेका अभिनेता सैफअली खान, अभिनेत्रीहरु सोनाली बेन्द्रे, तब्बु र नीलमविरुद्ध पनि मुद्दा दायर भएकामा उनीहरुलाई भने अदालतले निर्दोष ठहर गरेको छ ।

५२ वर्षीय अभिनेता सलमानले माथिल्लो अदालतमा यो फैसलाविरुद्ध अपिल भने गर्नसक्नेछन् ।

यसअघि, सलमानविरुद्ध शिकारको मामिलामा दुईओटा मुद्दा परेकामा अदालतले उनलाई निर्दोष सावित गरेको थियो । (एजेन्सी)