Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


सचिवहरुको व्यापक सरुवा


0
Shares

प्रधानमन्त्री केपी ओली भारत पुगेलगत्तै सार्वजनिक गरिएको सचिव सरुवा सूचीअनुसार गृह मन्त्रालयमा प्रेमकुमार राई तथा अर्थ मन्त्रालयमा राजन खनाललाई सरुवा गरिएको छ । यसअघि राई प्रधानमन्त्री कार्यालयमा र खनाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए ।

अख्तियारमा भने महेश्वर न्यौपानेको सरुवा गरिएको छ । शिक्षामा खगराज बराल, श्रममा महेश दाहाल, रक्षामा बिष्णु लम्साल, सञ्चारमा महेन्द्रमान गुरुङ, भौतिक योजना तथा यातायातमा मधुसुदन अधिकारी, वनमा डा.विश्वराज ओली र काठमाडौं महानगरपालिकामा यादव कोइरालाको सरुवा गरिएको छ ।

गृहका मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा पठाइँदा अर्थका शंकर अधिकारीलाई उपराष्ट्रपति कार्यालयमा पठाइएको छ ।

श्रमका लक्ष्मण मैनालीलाई प्रधानमन्त्री कार्यालय, रक्षाका विनोद केसीलाई राष्ट्रपति कार्यालय, भौतिकका देवेन्द्र कार्कीलाई नेपाल ट्रष्ट, नेपाल ट्रष्टका अर्जुन कार्कीलाई पुनर्निर्माण प्राधिकरणमा सरुवा गरिएको छ ।

शिक्षाका मधुप्रसाद रेग्मी सार्वजनिक खरिद अनुगमन, पुनर्निर्माण प्राधिकरणका मधुसूदन अधिकारीलाई भौतिक मन्त्रालय, वनका युवकध्वज जिसीलाई कृषि, प्रधानमन्त्री कार्यालयका कृष्णराज बिसीलाई खानेपानी, विज्ञानका सञ्जय शर्मालाई ऊर्जा तथा सिंचाई, प्रधानमन्त्री कार्यालयका शरदचन्द्र पौडेललाई राष्ट्रिय योजना आयोग, आपूर्तिका अनिल ठाकुरलाई महिला आयोगमा सरुवा गरिएको छ ।

त्यस्तै खानेपानीका गजेन्द्र ठाकुरलाई शिक्षा तथा प्रविधि र राष्ट्रपति कार्यालयका भूपेन्द्र पौडेललाई सूचना आयोगमा सरुवा गरिएको छ ।