४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


‘कोल्गेट इमेज लोक कलाकार’को काठमाडौं अडिसन मंसिर ८ र ९ गते


0
Shares

काठमाडौं । लोक संगीतको प्रवद्र्धन र लोक गायन प्रतिभाको खोजी अभियानमा जुटेको इमेज च्यानलले ‘कोल्गेट इमेज लोक कलाकार सिजन–२’को काठमाडौं अडिसन मंसिर ८ र ९ गते लाजिम्पाटमा हुने भएको छ ।

‘लोक संगीतको महासंग्राम’ नारा दिएको प्रतियोगिताका अडिसनहरु देशभरका विभिन्न स्थानमा आयोजना भइरहेका छन् यसै सिलसिलामा काठमाडौं अडिसन भने र्‍याडिसन होटल नजिक रहेको इमेज च्यानलको प्रोडक्सन हाउसमा हुने आयोजकले जनाएको छ ।

अडिसनमा सयौं लोकगीतप्रेमीको सहभागिता रहने आयोजकको दाबी छ ।

अडिनसनमार्फत छानिएर फाइनल प्रतियोगितामा उत्कृष्टलाई विभिन्न आकर्षक पुरस्कारहरुको व्यवस्था गरिएको छ ।