३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


सलमान खान धरौटीमा रिहा


0
Shares

उनी ५० हजार भारतीय रुपैयाँ धरौटी तिरेर जेलबाट रिहा भएका हुन् । जेलबाट रिहा भएसँगै सलमान विशेष विमानबाट मुम्बईतर्फ लागेका छन् ।

उनी दुई दिनदेखि जोधपुरस्थित सेन्ट्रल जेलमा थिए ।

सन् १९९८ मा राजस्थानमा ‘हम साथ साथ हे’ फिल्म सुटिङकाक्रममा जोधपुरमा सलमानको टोलीले संरक्षित जनावर कालो हरिण मारेको अभियोग लगाइएको थियो । सलमानले भने उक्त आरोप अस्वीकार गर्दै आएका छन् ।

सोही फिल्मको छायांकनकाक्रममा सलमानसँगै रहेका अभिनेता सैफअली खान, अभिनेत्रीहरु सोनाली बेन्द्रे, तब्बु र नीलमविरुद्ध पनि मुद्दा लगाइएपनि उनीहरुलाई निर्दोष ठहर गरिएको छ । (एजेन्सी)