२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


पहिलो राष्ट्रिय परिचयपत्र पाएकी १०१ वर्षीया बृद्धा भन्छिन्– यसले के गर्छ ?


0
Shares

काठमाडौं, मंसिर ६ । पहिलो राष्ट्रिय परिचयपत्र प्राप्त गरेकी फिदिम नगरपालिका–४ शान्तिपुरकी १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई त्यसले के गर्छ पत्तो छैन ।

‘डाँडामाथिको घाम’ भएकी उनले यसबाट के हुन्छ, आफूलाई थाहा नभएको प्रतिक्रिया दिइन् ।

‘खै अब के हुन्छ, थाहा छैन,’ उनले भनिन्, ‘नातिले भन्छ, उसलाई थाहा होला ।’

उनलाई लिएर सदरमुकाम फिदिम आएका नाति दीपक भण्डारीलाई पनि आफ्नी हजुरआमाले पहिलो पटक पाएको बाहेक यसको उपयोगिताबारे कुनै जानकारी छैन । सूचना संकलनका क्रममा भरेको फारामबाहेक चिप्समा के छ, उनले पनि हेर्न पाएका छैनन् । –कान्तिपुर दैनिकबाट