१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


‘भौतिक संरचना निर्माणलाई प्राथमिकता’


0
Shares

आइतबार पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा ६ करोडको लगानीमा बनेको सामुदायिक प्राकृतिक चिकित्सालयको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश–४ का सबै जिल्लामा विकास गर्नु आफ्नो प्रमुख लक्ष्य हुने बताए ।

उनले आफू मन्त्री भएपछि हरेक विषयको तथ्यांकले झुक्याएको भन्दै पहिला सही तथ्यांक खोजेर काम गर्ने बताए ।

चिकित्सालयको भवन निर्माणमा सरकारले ५ करोड ६१ लाख रुपैयाँ सहयोग गरेको छ भने बाँकी रकम चिकित्सालय आफैंले जुटाएको हो । भवनमा ७२ कोठा छन् ।

चिकित्सालयमा हाल ८० जना बिरामीले आवासीय सुविधासहित उपचार गराउँदै आएका छन् । भवन निर्माणसँगै आवासीय क्षमता १५० पुगेको छ ।