१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


वर्षाका कारण काँचो इँटा गलेर नष्ट


0
Shares

भारी वर्षाका कारण रुपन्देहीका ईट्टा उद्योगले तयार पारेका साढे २ करोडभन्दा बढी काँचो इँटा नष्ट भएको छ ।

लुम्बिनी इँटा ब्यवसायी संघ भैरहवाका अनुसार तीनदिन अघि आएको वर्षाले रुपन्देहीका ५२ वटा इँटा उद्योगका २ करोड ६० लाखभन्दा बढी पोल्न तयार पारिएको काँचो इँटा गलेर नष्ट भएका हुन् । बर्षाका कारणले गलेर ईट्टा नष्ट हुँदामात्रै १० करोड रुपैयाँभन्दा बढीको क्षति भएको इँटा व्यवसायी संघ लुम्बिनीका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।

अहिलेको बर्षाले एउटा भट्टामा कम्तिमा २ लाखदेखि १० लाखसम्म काँचो इँटा गलेर नोक्सान भएको लुम्बिनी ईट्टा ब्यबसायी संघका लेखा समिति संयोजक गोविन्द ज्ञवालीले जानकारी दिए ।