मोरङमा चट्याङ लागेर वृद्धको मृत्यु

खेतमा मुसा मार्दैगर्दा चट्याङ लागेर सो गाउँपालिका वडा नम्बर–३ का ६० वर्षीय रामु मरण्डीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए ।
मृतकको छातीमा चट्याङ लागेको प्रहरीको भनाइ छ ।
एउटा हातमा मरेको मुसा र अर्को हातमा कोदालो बोकेको अवस्थामा मरण्डीको शव फेलापरेको प्रनाउ कोइरालाले जानकारी दिए । रासस