२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


धार्मिक आवरणमा हिंसा गर्नेहरुलाई कारबाहीको दायरामा ल्याइन्छ : गृहमन्त्री


0
Shares

गत आइतबार विराटनगरमा श्रीनिवास आचार्यमाथि भएको गोली प्रहारको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै मंगलबार मन्त्रालयमा ४८ धार्मिक संघ–संस्थाका तर्फबाट ज्ञापनपत्र बुझाउन आएको प्रतिनिधिमन्डलसँग गृहमन्त्री थापाले घटनामा संलग्न भएको आरोपमा दुईजना पक्राउ परिसकेको र अन्यबारे खोजबिन जारी रहेको बताए ।

सो घटनाले आफूलाई दुखित तुल्याएको छ भन्दै गृहमन्त्रीले घटनामा संलग्नको पहिचान गरी कारबाहीको दायरामा ल्याउन आफूले सुरक्षा निकायलाई निर्देशन दिइसकेको जानकारी दिए ।

उनले भने–‘जातीयता र धर्मका नाममा सबैलाई जुधाएर देशलाई अस्थिरतातर्फ लैजान केही तत्व सक्रिय भएका छन्, उनीहरुलाई कारबाहीको दायरामा ल्याइनेछ ।’

प्रतिनिधिमन्डलको मागबमोजिम घाइते आचार्यको उपचारको खर्च सरकारले व्यहोर्न आवश्यक प्रक्रिया अगाडि बढाइनेसमेत उनले बताए ।

प्रतिनिधिमन्डलले घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने, घटनाको छानबिन गर्न आयोग गठन गरिनुपर्ने, सनातन हिन्दूधर्म र धर्मावलाम्बीमाथिको आक्रमण रोकिनुपर्ने, घाइते आचार्यको उपचार खर्च सरकारले व्यहोर्नुपर्नेलगायत माग राखेको थियो । रासस