
नेपाल स्वास्थ्य अनुसन्धान परिषदको २८औं स्थापना दिवसको अवसरमा सम्मेलन गर्न लागिएको मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
परिषदका अध्यक्ष डा. अन्जनी झाले सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित विषयमा अनुसन्धानकर्ताहरुले आफ्ना खोज तथा अनुसन्धानका ६५ ओटा कार्यपत्र पेस गर्ने बताए ।
विज्ञहरुले संघीयतामा स्वास्थ्य अनुसन्धान, नेपालमा सन्चालन भइरहेका स्वास्थ्य अनुसन्धानसम्बन्धी गतिविधिकाबारेमा जानकारी र नेपालमा नसर्ने रोग र गरिबीकाबारेमा प्रस्तुति दिनेछन् ।
सम्मेलनबाट प्राप्त सुझावहरु नीति निर्माण, कार्यक्रम विकास तथा मूल्यांकनका उपयोगी हुने डा. झाले बताए ।
सम्मेलनमा सात उत्कृष्ट अनुसन्धानकर्तालाई सम्मानसमेत गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्