२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


बलात्कारीलाई फाँसीको सजाय माग गर्दै प्रदर्शन


0
Shares

नयाँबानेश्वरदेखि माइतीघरसम्म बलत्कारीलाई संविधानमा नै फाँसीको व्यवस्था गर्नुपर्ने माग राख्दै रक्षा नेपालले प्रदर्शन गरेको हो ।

र्‍यालीमा ‘आफ्नो छोरी चेलीको अस्मिताको पहरेदार आफैं बनौं, बलात्कारीलाई फाँसी नै चाहिन्छ’, ‘बलात्कारीलाई फाँसी दे’जस्ता नारा लगाइएको थियो ।

उनीहरुले संविधान संशोधन गरी बलत्कारीलाई फाँसीको व्यवस्था कानुनीरुपमा नै हुनुपर्ने जोडदार माग गरेका छन् ।

पछिल्लो समय आफन्त र परिवारकै सदस्यबाट नै धेरै बालबालिका बलात्कृत हुनुपरेकाले यसको सजायका लागि संविधान संशोधन गरी फाँसीको व्यवस्था गर्नुपर्ने रक्षा नेपालकी सावित्री सुवेदीले बताइन् ।

उनले बलात्कार जघन्य अपराध भएकाले मिलापत्र गराएर अपराधी उम्काउन नपाइने बताइन् । रासस