मेलम्चीको अन्तिम सुरुङको पनि ‘ब्रेक थ्रु’, दसैंसम्म काठमाडौंमा पानी आउने दाबी • Image Khabar Image Khabar


मेलम्चीको अन्तिम सुरुङको पनि ‘ब्रेक थ्रु’, दसैंसम्म काठमाडौंमा पानी आउने दाबी


Imagekhabar
२७ चैत्र २०७४, मंगलवार २०:५४

मेलम्चीको अन्तिम सुरुङको पनि ‘ब्रेक थ्रु’, दसैंसम्म काठमाडौंमा पानी आउने दाबी

७.५ किलोमिटर लामो अन्तिम सुरुङको सोमबार सिन्धु ग्याल्थुम खन्डमा ब्रेक थ्रु भएको हो ।

योसँगै २६ किलोमिटर लामो सुरुङ खन्ने काम सम्पन्न भएको खानेपानीमन्त्री बीना मगरले बताइन् ।

अब ‘हेडवक्र्स’को मुख्य संरचना, ‘भेन्ट साफ्ट’ तथा सुरुङको ‘फाइनल फिनिसिङ’ बाँकी रहेपनि केही महिनाभित्रै ती काम पनि सम्पन्न हुने उनको भनाइ थियो ।

सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट काठमाडौंमा खानेपानी ल्याउने यस आयोजनाको २६ किलोमिटर सुरुङ तीन खन्डमा विभाजन गरिएको थियो ।

सन् २०१० को जुन महिनादेखि खन्न थालिएको सुरुङमध्ये यसअघि दुईओटा खन्डको ब्रेक थ्रु भइसकेको छ ।

मन्त्री मगरले आगामी दसैंअघि नै काठमाडौंमा मेलम्ची आइसक्ने दाबी पनि गरिन् ।

प्रतिक्रिया दिनुहोस्