
प्रदेशसभाको बुधबार बसेको बैठकमा प्रदेशप्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रस्तुत् गरे ।
नीति तथा कार्यक्रममा कमला डाइभर्सन सिँचाइ आयोजना निर्माण गर्न संघीय सरकारसँग सहकार्य र समन्वय गरिनुका साथै बाग्मती र नारायणी सिँचाइ आयोजनालाई अझ प्रभावकारी बनाउने उल्लेख छ ।
त्यसैगरी, प्रदेशका ८ ओटै जिल्लामा साना र मझौला सिँचाइ आयोजना निर्माणका लागि डीपीआरको प्रक्रिया थालनी गरिने, माछापालन व्यवसायलाई सहयोग गर्ने नीति अवलम्बन गरिने भएको छ ।
त्यसैगरी, युवालाई स्वदेशमै स्वरोजगार हुन सीप र लगानी गर्न न्यूनतम् ब्याजमा ऋण उपलब्ध गराउने नीतिसमेत प्रदेश सरकारले अवलम्बन गर्ने भएको छ ।
‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानमार्फत् समाजमा छोरीलाई पढाउनुपर्छ भन्ने सन्देश प्रवाह गरी छोरा–छोरीबीचको सामाजिक विभेद अन्त्य गर्ने नीतिसमेत सरकारले लिएको छ ।
त्यस्तै, मधेस आन्दोलनकाक्रममा शहादत प्राप्त गरेका सहिदको सम्मानका लागि सहिद स्मृति प्रतिष्ठानको स्थापना गर्ने नीतिसमेत लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्