
बुधबार पत्रकार सम्मेलनमार्फत् मन्त्री पोखरेलले एभरेस्ट बैंकमा रु तीन लाख ६७ हजार र नेपाल बंगलादेश बैंकमा रु १३ हजार ९९३ रहेको उल्लेख गरेका छन् ।
उनले एभरेस्ट बैंकमा जम्मा भएको रकम मन्त्री, संविधानसभा र व्यवस्थापिका–संसदको सदस्य हुँदा र नेपाल बंगलादेश बैंकको रकम जनएकता साप्ताहिकको सम्पादक/प्रकाशक हुँदाबखतको आम्दानीको स्रोत भएको देखाएका छन् ।
यस्तै, उनले खोटाङस्थित रुपाकोट सामुदायिक रेडियोमा रु पाँच हजारको सेयर भएकोसमेत जानकारी दिएका छन् ।
यस्तै, मन्त्री पोखरेलले बुवा चन्द्रमणिको नाममा रहेको खोटाङस्थित रावावेशी गाउँपालिका–२ मा कित्ता नम्बर–२२५ को करिब २३ रोपनी अंशबन्डा नभएको पैतृक सम्पत्ति देखाएका छन् ।
उक्त पैतृक सम्पत्ति आमा कनककुमारी स्मृति प्रतिष्ठानलाईसमेत प्रदान गरिएको उल्लेख छ । रासस
प्रतिक्रिया दिनुहोस्