विस्फोटक पदार्थ पड्केर बालक गम्भीर घाइते • Image Khabar Image Khabar


विस्फोटक पदार्थ पड्केर बालक गम्भीर घाइते


Imagekhabar
२८ चैत्र २०७४, बुधबार २०:१८

विस्फोटक पदार्थ पड्केर बालक गम्भीर घाइते

जिल्ला प्रहरी कार्यालय उदयपुरकाअनुसार घाइते बालकको जिल्ला अस्पताल उदयपुरमा उपचार हुन नसकेपछि सुनसरी, धरानस्थित बीपी मेमोरियल अस्पताल पठाइएको छ ।

थरुहट रंगशालानजिकै हवाई फिल्डको चौरमा भैंसीका पाडा चराउँदै गरेका बालकले झोलामा कालो वस्तु देखेको र त्यो हेर्न खोज्दा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले बताए ।

विस्फोटबाट घाइते बनेका बालकको पेटमा बमको छर्रा लागेको र टाउकोमासमेत चोट लागेका कारण जिल्ला अस्पताल उदयपुरमा उपचार हुन नसकी धरान पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

उक्त बम कसले छाडेको हो भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्