१२ श्रावण २०८२, सोमबार | Tue Jul 29 2025


सुनसरीमा इँटा उद्योगका म्यानेजरको गोली हानी हत्या


0
Shares

सुनसरी । सुनसरीको दुहबीस्थित जय बाबा इँटा उद्योगका म्यानेजरको गोली हानी हत्या भएको छ ।

दुहबी–९ छाताबेलीमा रहेको उद्योगका म्यानेजर ५० वर्षीय फिदा हुसेनमाथि आज बिहान गोली प्रहार भएको हो ।

उनी दुहवी वडा नम्बर ९ का अध्यक्ष मेहन्दी हुसेनका भाइ हुन् ।

मर्निङ वाकमा गएको समयमा मोटरसाइकलमा आएका दुई जना अज्ञात व्यक्तिले हुसेनमाथि गोली प्रहार गरेका हुन् ।

छातीमा गोली लागेका उनको उपचारका लागि विराटनगर न्यूरो अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोली प्रहार गर्ने व्यक्तिको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।