सिरियामा भएको रासायनिक हमलामा बशर अल असदको सरकार र उनको सहयोगी मुलुक रुस जिम्मेवार रहँदै आएको अमेरिकाको भनाइ छ । अमेरिकाले सिरियामा नरसंहार रोक्न जवाफी कारवाही गर्ने चेतावनी दिदैं आएको छ ।
पछिल्लोपटक अमेरिकी राष्ट्रपति ट्रम्पले सिरियामा क्षेप्यास्त्र हमला गर्न सक्ने चेतावनी दिएका हुन् । उनले सिरियामा हुने अमेरिकी कारवाहीका लागि रुसलाई समेत तयार रहन चेतावनी दिएका हुन् ।
रुसी सहयोगमा सिरियाली सरकारले रासायनिक हतियारको आक्रमण गरेको आशंका रहेको भन्दै उनले जवाफमा क्षेप्यास्त्र प्रहार गर्ने चेतावनी दिएका हुन् ।
यसअघि रुसले सिरियामा गरिने क्षेप्यास्त्रलाई बीचमै खसालिने बताएको थियो । जवाफमा अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘रुस तयार रहोस्, सिरियामा आउने क्षेप्यास्त्रहरु नयाँ, राम्रो र तिव्र गतिका हुनेछन् ।’
यसैबीच सिरियाली प्रशासनले भने अमेरिकाजस्ता मुलुकबाट आउने गैरजिम्मेवार अभिव्यक्तिले कुनै फरक नपर्ने जनाएको छ । (एजेन्सी)




प्रतिक्रिया दिनुहोस्