नेपाल–भारत प्रबुद्ध समूहको आठौं बैठक आज नयाँदिल्लीमा बस्दै • Image Khabar Image Khabar


नेपाल–भारत प्रबुद्ध समूहको आठौं बैठक आज नयाँदिल्लीमा बस्दै


Imagekhabar
२९ चैत्र २०७४, बिहीबार १०:२८

नेपाल–भारत प्रबुद्ध समूहको आठौं बैठक आज नयाँदिल्लीमा बस्दै

                                              फाइल तस्वीर

भारतको राजधानी नयाँदिल्लीमा बस्ने बैठकमा दुवै देशका सरकारलाई बुझाउने प्रतिवेदनलाई अन्तिम रुप दिनेबारे छलफल हुनेछ ।

यसअघि नेपालमा बसेको समूहको सातौं बैठकमा पनि प्रतिवेदनलाई अन्तिम रुप दिनेबारे छलफल भएको थियो । बैठकमा दुई देशको सम्बन्धलाई समयानुकूल सुदृढ र प्रभावकारी बनाउन आवश्यक बुँदासहितको प्रतिवेदनको खेस्रा आदानप्रदान भएको थियो ।

दुई दिनसम्म बस्ने आठौं बैठकमा त्यसमाथि दुवै देशका प्रतिनिधिले थप छलफल गर्ने र संशोधन राख्ने तयारी भइरहेको छ ।

सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायत नेपाल र भारतबीच भएका अरु सन्धि–सम्झौताको पुनरावलोकन र तिनीहरुको संशोधनका विषयमा दुवै देशका सरकारलाई सुझाव दिने समूहले तयारी गरिरहेको छ ।

समूहले आगामी जुलाई २० तारिखसम्ममा आ–आफ्ना सरकारलाई प्रतिवेदन बुझाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्