
धादिङको धुनीबेसी नगरपालिकाबाट महादेवबेसीतर्फ जाँदै गरेको ना५३प ३०४८ नम्बरको मोटरसाईकल बिहीबार बिहान अनियन्त्रित भई नालामा ठोक्किएको थियो ।
मृत्यु हुनेमा धादिङको धुनीबेसी नगरपालिका–४ जीवनपुरका महेश गजुरेल रहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ ।
मोटरसाईकल ठोक्किएपछि घाईते भएका गजुरेलको उपचारका क्रममा काठमाडौँस्थित ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्