
नेपाली सेनाको अधिकृत क्याडेट तालिम र पदिक/हुद्या क्याडेट तालिमको आयुक्त पद प्रधान कार्यक्रमलाई बिहीबार भक्तपुरस्थित नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा सम्बोधन गर्दै उनले आतंककारी गतिविधिले शान्ति सुरक्षा, अर्थतन्त्र र सामाजिक एकतामा प्रत्यक्ष आघात पार्ने बताए ।
‘देशभित्र हिंसात्मक गतिविधिमा क्रियाशील अतिवादी तत्वहरु, अन्तर्राष्ट्रिय आतंककारी गतिविधिको चुनौतीहरु साथै क्षेत्रीय र जातीय विद्वेषमा आधारित द्वन्द्वहरु अहिलेका वास्तविक खतरा हुन्’–प्रधानमन्त्री ओलीले भने–‘यस प्रकारका खतराविरुद्ध हाम्रा सुरक्षा निकाय सदैव तयार हुनुपर्दछ ।’
प्रधानमन्त्री ओलीले २१औं शताब्दीको अर्को महत्वपूर्ण चुनौती साइबर सुरक्षा भएको बताए ।
‘यो प्रत्यक्ष हमलाभन्दा पनि कारगार हुन्छ’–उनले भने–‘राष्ट्रिय सुरक्षाका विविध आयामकाबारेमा जानकार रही साइबर सुरक्षाको विश्वसनीय योजनासहित सुरक्षा निकायहरुबीच असरदार समन्वय बनाउनु जरुरी छ ।’
प्रधानमन्त्री ओलीले लामो अस्थिरतापछि देश स्थायित्वतर्फ अग्रसर भएको उल्लेख गरे । स्थायित्वको जगमा नेपालको विकास वर्तमान सरकारको लक्ष्य रहेको उनले सुनाए ।
‘हामी अहिले तुलनात्मकरुपमा स्थीर र शान्तिपूर्ण अवस्थामा छौं’–प्रधानमन्त्री ओलीले भने–‘तर हामी सधैं भविष्यमा उत्पन्न हुनसक्ने खतराकाबारेमा सतर्क रहनु जरुरी छ ।’
उनले नेपाली सेनाले राष्ट्र निर्माणका लागि नेपाली जनतासँग काँधमा काँध मिलाउँदै आएको भन्दै प्रशंसा गरे ।
नेपाली सैनिकहरुले विश्वका द्वन्द्वग्रस्त मुलुकहरुमा पुर्याएको योगदानले नेपाललाई शान्ति सैनिकहरुको देशकारुपमा चिनाएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
‘नेपाली सेना विविध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जिम्मेवारीहरु पूरा गर्न सक्षम बहुआयामिक संगठनकारुपमा विकसित भएको छ’–उनले भने ।
प्रतिक्रिया दिनुहोस्