Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


नयाँ बर्षमा पूर्वराजाको सन्देशः ‘नेपालीले नेपाली देख्दा झस्कने परिस्थिति नवनोस्’


0
Shares

काठमाडौं, चैत ३० । पूर्वराजा ज्ञानेन्द्र शाहले एक नेपालीले अर्को नेपाली देख्दा झस्कने या तर्सनु पर्ने परिस्थिति नबनोस् भन्दै शासक र प्रशासकको व्यवहार जनमुखी हुनुपर्नेमा जोड दिएका छन् ।

नव वर्षको शुभकामना व्यक्त गर्दै उनले नयाँ वर्षमा सबै अटाउने राजनीति, सबैको शिर ठाडो हुने राष्ट्रिय भावना, अटल सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र धीर राष्ट्रप्रेमसंगै सबैको समुन्नति प्रदान गरोस् भनी कामना गरे ।

पूर्वराजाले शुभकामना वक्तव्यमा हरेक नेपालीको निम्ति स्वदेशभित्र नै रोजगारीको सुनिश्चितता, वैज्ञानिक एवं जीवन उपयोगी शिक्षा र सुलभ स्वास्थ्य उपचारमा जोड दिएका छन् ।

देश बनाउन उपयोग गर्नुपर्ने नेपाली हातलाई देश बचाउन उपयोग गर्नुपर्ने वाध्यात्मक अवस्थामा नपुर्‍याइयोस् भन्दै पूर्वराजाले शब्दजालको भुलभुलैयामा राखेर अन्ततः राष्ट्रिय अस्तित्व नै क्षत विक्षत बनाइने खतरा बढ्दै गएको भन्दै यसतर्फ सचेत गराएका छन् ।