
काठमाडौं, मंसिर ४ । १२ वर्षको उमेरमै गर्भवती भएकी मकवानपुरकी गंगामाया चेपाङलाई मंगलबार काठमाडौं ल्याएर थापाथलीस्थित प्रसूतिगृहमा राखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा उनलाई अस्पताल ल्याइएको हो ।
अब गंगाको सम्पूर्ण स्वास्थ्य हेरचाह र उपचार सरकारले नै व्यहोर्ने प्रधानमन्त्री कार्यालयका सहसचिव विनोद कुँवरले बताए ।
गंगा ८ महिनाकी गर्भवती हुन् ।
यो पनि पढ्नोस्
प्रतिक्रिया दिनुहोस्