
केही वर्षअघिसम्म ३२ वटा खटलाई नगर परिक्रमा गराउने प्रचलन भए पनि अहिले २६ वटामात्र रहेको स्थानीयले बताएका छन् । सिन्दूर जात्रामा बालकुमारी, कालिकाको खट बालकुमारी मन्दिरबाट बाहिर निकालियो ।
सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरुसहित बालकुमारी प्रवेश गराएपछि शुरु हुने जात्रामा पमाहरुले हातहातमा बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचाली जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराउँछन् ।
थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा बाजागाजा सहित सिन्दूर खेल्दै जात्रा मनाइएको छ ।
मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराक बाली अबिर जात्रा मनाइने यसको परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट अबिर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।
मध्यपुरमा आजै दिउँसो जिब्रो छेड्ने जात्रा पनि हुँदैंछ । बुद्धिकृष्ण बाग श्रेष्ठले छैठांै पटक जिब्रो छेडाउँदैछन् ।
प्रतिक्रिया दिनुहोस्