सुकुटे गएका अध्यक्ष दाहाल फर्किए, एकताका लागि ओलीसँग छलफल गर्दै • Image Khabar Image Khabar


सुकुटे गएका अध्यक्ष दाहाल फर्किए, एकताका लागि ओलीसँग छलफल गर्दै


Imagekhabar
३ बैशाख २०७५, सोमबार १२:४३

सुकुटे गएका अध्यक्ष दाहाल फर्किए, एकताका लागि ओलीसँग छलफल गर्दै

वैशाख ९ गते पार्टी एकता गर्ने उद्घोष गरेका दुबै दलका नेताबीच पछिल्ला दिनमा खासै छलफल नहुँदा एकताप्रति नै आशंका बढेको थियो ।

गत बुधबारदेखि लगातार स्थगित हुँदै आएको एकता संयोजन समितिको बैठक पनि बस्न सकेको छैन ।

हिजो तय भएको बैठक छाडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सिन्धुपाल्चोकको सुकुटे पुगेका थिए ।

उनी आज प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसँग छलफलका लागि त्यहाँबाट सीधै बालुवाटार आएका हुन् ।

दुई दलबीचमा एकीकरणपछि केन्द्रीय समितिमा हुने प्रतिनिधित्वको अनुपात, विधानको प्रस्तावनामा प्रयोग हुने राजनीतिक शब्दावली, चुनाव चिह्न जस्ता विषयमा सहमति बन्न सकेको छैन ।

विधानमा जनयुद्ध शब्द लेख्ने÷नलेख्ने, चुनाव चिह्न सूर्य नै हुने वा परिमार्जित गर्ने, केन्द्रीय समिति ५०/५० प्रतिशतको हुनुपर्ने वा निर्वाचन परिणामलाई आधार मान्ने भन्नेमा दुई दलबीच एक मत हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्