२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025


पोखरा–लेखनाथ महानगरपालिकाको नाम अब पोखरामात्रै


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, असार १२ । पोखरा–लेखनाथ महानगरपालिकाको नगरसभाले महानगरको नाम परिवर्तन गरेर पोखरामात्रै राख्ने प्रस्ताव पारित गरेको छ ।

वि.सं. २०७३ साल फागुनमा पोखरा उपहानगरपालिका र लेखनाथ नगरपालिकालाई मिलाएर पोखरा–लेखनाथ महानगरपालिका बनाइएको थियो ।

नाम लामो भएको भन्दै परिवर्तन गर्न माग उठ्दै आएकोमा तेस्रो नगरसभाले लेखनाथ हटाएर पोखरामात्रै बनाउने प्रस्ताव पारित गरेको हो ।

वडा नम्बर–१९ का अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचेतक शोभामोहन पौडेलले सोमबार नाम फेर्ने प्रस्ताव पेस गरेका थिए भने प्रस्तावलाई वडा नम्बर–९ का अध्यक्ष तथा नेपाली कांग्रेसका नेता रामराज लामिछानेले समर्थन गरेका थिए ।

प्रस्तावमाथि नगरसभामा मंगलबार छलफल भएको थियो । ४० भन्दा बढी सदस्यहरुले नामकाबारेमा छलफलमा भाग लिएका थिए ।

स्थानीय तहको नाम हेरफेर गर्न कार्यपालिकाको २/३ मतले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

कार्यपालिकाले पारित गरेको प्रस्ताव प्रदेश सरकारलाई पठाएपछि प्रदेश सरकारको सिफारिसमा संघीय सरकारले सदर गरेपछिमात्रै नाम हेरफेर हुनेछ ।