नेपालकै कारण भारु साटिएन, प्रधानमन्त्रीको भारत भ्रमणमा औपचारिक रुपमा कुरा नै उठाइएन • Image Khabar Image Khabar


नेपालकै कारण भारु साटिएन, प्रधानमन्त्रीको भारत भ्रमणमा औपचारिक रुपमा कुरा नै उठाइएन


Imagekhabar
४ बैशाख २०७५, मंगलवार ०६:५७

नेपालकै कारण भारु साटिएन, प्रधानमन्त्रीको भारत भ्रमणमा औपचारिक रुपमा कुरा नै उठाइएन

प्रम ओलीको भारत भ्रमणका बेला करिब डेढ वर्षदेखि थाती रहेको भारु सटहीको विषयले निकास पाउने अपेक्षा गरिएको थियो । यसअघि भारत भ्रमणमा जानुअघि संसदमा सम्बोधन गर्ने क्रममा प्रम ओलीले भारु सटहीको विषय उठाउने दावी पनि गरेका थिए । प्रमको भ्रमणमा समेत भारु सटहीको विषयले निकास नपाउँदा सरकारी प्रणालीमा रहेको करिब ५ करोड भारु प्रयोजनविहीन बनेको छ ।

भारतका अर्थमन्त्री अरुण जेटली बिरामी भएका कारण यो विषयमाथि छलफल नभएको सरकारी अधिकारीहरुले दावी गरेका छन् । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्