१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


विराटनगरमा रोजगार मेला लाग्ने, ५०० बेरोजगारलाई रोजगारी दिलाउने उद्देश्य


0
Shares

नेपाल घरेलु तथा साना उद्योग सो महासंघका मोरङ अध्यक्ष नरेन्द्र हुमागाँईले सोमबार पत्रकार सम्मेलन गरेर वैशाख ७ गतेदेखि ९ गतेसम्म मेलाको आयोजना गर्न लागिएको जानकारी गराए ।

आइएलओ, रोजगार विभाग, श्रम कार्यालय सूचना केन्द्र समेतको सहयोगमा एलिट क्लबको हाताभित्र सो मेलाको आयोजना हुने भएको छ ।

रोजगार मेलामा रोजगारीको अवसर खोज्ने र रोजगारी दिन दक्ष कर्मचारीको खोजी गर्ने, संघसंस्थाबीच समन्वयकारी भूमिका खेल्दै एकापसमा मिलाउन पुलको काम मात्र गर्ने उनले जानकारी गराए ।

मेलामा करीब २०० उद्योगीलाई सहभागी गराइने भएकाले त्यसबाट करीब ५०० बेरोजगार युवा लाभान्वित हुने अनुमान गरिएको बताइएको छ । (रासस)