१२ श्रावण २०८२, सोमबार | Tue Jul 29 2025


पेस्तोलसहित दुई जना पक्राउ


0
Shares

चन्द्रपुर, मंसिर ४ । पेस्तोलसहित दुई जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । 

चन्द्रपुर नगरपालिका–१ स्थित बाग्मतीमा लागेको हरिबोधनी एकादशी मेलामा पुगेका गुजरा नगरपालिका–१ निवासी ३१ वर्षीय विशाल धामी र २० वर्षीय मुन्ना धामी पेस्तोलसहित पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट प्रहरीले  एक थान पेस्तोल र सोमा लाग्ने दुई थान गोली बरामद गरेको छ । मेलामा पुगेका ती युवकले स्थानीय युवतीलाई पेस्तोल देखाएपछि प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ गरिएका दुवैमाथि अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक युवराज खडकाले बताए ।