मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनका लागि पाइप बिछ्याउन सुरु • Image Khabar Image Khabar


मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनका लागि पाइप बिछ्याउन सुरु


Imagekhabar
४ बैशाख २०७५, मंगलवार १७:१६

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनका लागि पाइप बिछ्याउन सुरु

पथलैयादेखि सुरु गरिएको पाइप जोड्ने काम करिब ४ किलोमिटर सकाइएपछि अब गाड्न थालिएको हो ।

मंगलबार बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले एक कार्यक्रमकाबीच उक्त कार्यको शुभारम्भ गरेका हुन् ।

पथलैयादेखि गन्डकतर्फ सडकको पश्चिम क्षेत्रमा पाइप राख्ने कामसमेत धमाधम भइरहेको छ ।

१५ महिनाभित्र सकाउनुपर्ने आयोजनाको चार स्थानमा प्राविधिक समस्या रहेको आयोजनाले जनाएको छ ।

पाइप जोड्ने र बिछयाउने दुवै काम अब धमाधम हुने आयोजनाका इन्जिनियर शरद पौडेलले जानकारी दिए । जोडिएका पाइप ‘रेडियोग्राफी टेस्ट’पछि बिछ्याउन थालिएको हो ।

भारतीय जिन्डाल कम्पनीले उत्पादन गरेको पाइप लिसिटा इन्फ्रास्ट्रक्चर प्रालि जोड्ने र गाड्ने गरिरहेको छ । पाइप जोडेर दुईपटक परीक्षण गरेपछिमात्र गाड्ने गरिन्छ ।

२७५ करोड भारतीय रुपैयाँ लागत रहेको आयोजनाको पाइपलाइन पथलैया–वीरगन्ज व्यापारिक मार्गको ‘स्लो लेन’भित्र हुँदै वीरगन्ज भन्सारसम्म गाडिनेछ ।

व्यापारिक मार्गले सडकको दायाँ–बायाँ २५ मिटर खाली गराएपछि पाइपलाइन निर्माणको गति छिटो भएको हो ।

दैनिक ५०० मिटर पाइप जोडिरहेको निर्माण कम्पनीले करिब १५ महिनाभित्र निर्माण काम सकाउनुपर्नेछ ।

८ मिलिलिटर मोटाइ र १२ मिटर लम्बाइ भएको पाइप सडकभन्दा २.५ मिटरभित्र गाडिने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्