नेपाली धागो उद्योगलाई प्रोत्साहन गर्न माग • Image Khabar Image Khabar


नेपाली धागो उद्योगलाई प्रोत्साहन गर्न माग


Imagekhabar
४ बैशाख २०७५, मंगलवार २१:०१

नेपाली धागो उद्योगलाई प्रोत्साहन गर्न माग

खुला सीमाले भारतबाट चोरी–छिपी आउने धागोका कारण नेपाली उद्योगहरु संकटमा परेको भन्दै संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भन्सार विन्दुमा कडाइ गरी न्यून बिजकीकरणलाई निरुत्साहित गर्न माग गरेको हो ।

हाल भारतीय बजारबाट ठूलो परिमाणमा नेपाली बजारमा धागो ‘डम्प’ भइरहेकोप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई तत्काल रोक्न व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराए ।

यस्तै, संघले नेपालमा उत्पादित धागोहरु स्थलमार्ग फूलबारी बंगलावन्ध मार्ग भइ बंगलादेश निर्यात गर्ने वातावरण बनाउन पनि आग्रह गरेको छ ।

धागो उद्योगमा १५ अर्ब रुपैयाँ बराबर लगानी रहेको बताइएको छ ।

सरकारको साथ पाए अबको पाँच वर्षभित्र संघले करिब ५ लाख प्रत्यक्ष रोजगारीको सिर्जना गर्ने दावीसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्