निगमले ल्यायो थप दुई चिनियाँ विमान • Image Khabar Image Khabar


निगमले ल्यायो थप दुई चिनियाँ विमान


Imagekhabar
४ बैशाख २०७५, मंगलवार २१:०२

निगमले ल्यायो थप दुई चिनियाँ विमान

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा चीनले ‘नाइन एन–एकेयू’ र ‘नाइन एन–एकेभी’ नामका दुई जहाज हस्तान्तरण गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले नेपाल र चीनबीच सम्बन्ध बलियो पार्न जहाजले पनि महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनले अबको तीन महिनाभित्र जहाज सन्चालनमा आउनुपर्ने बताए ।

निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकरले १७ सिट क्षमताका यी जहाजले चाँडै नै आन्तरिक उडान भर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्