
बिदाको दिन घुम्न जाँदा गत शुक्रबार बस दुर्घटना भएको थियो । बसमा २० नेपाली महिलासहित ४६ विदेशी कामदार थिए ।
घटनास्थल जोर्डनको राजधानी अम्मानबाट २२० किलोमिटर दक्षिणमा पर्छ ।
जोर्डन मामला हेर्ने इजिप्टस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा रविना राई छिन् । जोर्डनस्थित अवैतनिक दूतले दूतावासलाई उपलब्ध गराएको सूचनाअनुसार गम्भीर घाइतेमा ३६ वर्षीया गीता राई, २० वर्षीया सरिता, २७ वर्षीय निर्मला, २३ वर्षीया सम्झना, २७ वर्षीय एकमैया, २० वर्षीय अम्बिका र २३ वर्षीय पवित्रा छन् ।
उनीहरुलाई अम्मानस्थित किङ हुसेन मेडिकल सिटीको आइसीयु कक्षमा उपचार भइरहेको राजदूत झवीन्द्रप्रसाद अर्यालले जानकारी दिए । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्