
यसैक्रममा आज रक्षामन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाडौंका धुम्रवराह माध्यमिक विद्यालयमा पुगेर दुई जना बालबालिकालाई विद्यालय भर्ना गराएका छन् ।
काभ्रेकी सञ्जिता चौलागाइ र स्याङ्जाकी अस्मिता धमेललाई मन्त्रीहरुले भर्ना गराएका छन् ।
चौलागाइँको अभिभावकत्व मन्त्री पोखरेलले लिएका छन् भने धमेलको अभिभावकत्व मन्त्री खतिवडाले लिएका छन् ।
कार्यक्रममा रक्षामन्त्री पोखरेलले निरक्षरता अन्त्य गर्न भर्ना अभियानलाई सरकारले तिव्रता दिएको बताए ।
अर्थमन्त्री डाक्टर खतिवडाले गुणस्तरीय र प्रतिस्पर्धी शिक्षाको विकासका लागि सवै विद्यालयमा भौतिक पूर्वाधार एवं दक्ष जनशक्तिको खाँचो रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्