
भक्तपुर, बैशाख ५ । वर्षको तीन दिन मात्र भक्तजनका लागि खुल्ला हुने भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलश्वर मन्दिरमा आज अक्षय तृतीयाका दिन खुल्ला गरिएको छ ।
आज अक्षय तृतीयाका दिन बिहानैदेखि भक्तजनका लागि मन्दिरका चारै ढोका खुल्ला गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ ।
समितिका अनुसार यो मन्दिर भक्तजनका लागि अक्षय तृतीया, भदौ ६ गते र शिवरात्रीका दिन मात्र खुल्ला गरिन्छ ।
पछिल्लो समयमा धार्मिक क्षेत्रका रुपमा परिचित डोलेश्वर मन्दिरमा पूजा आजा गर्न उपत्यकालगायत देश विदेशबाट समेत भक्तजन पुग्ने गरेका छन् ।
मन्दिर परिसरमा आज जौको सातु र सर्वतलगायत फलफूल पनि वितरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्