विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नुपर्छ : गगन थापा (भिडियो) • Image Khabar Image Khabar


विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नुपर्छ : गगन थापा (भिडियो)


Imagekhabar
५ बैशाख २०७५, बुधबार १४:५१

gagan thapa congress dashain bonus parliament

पार्टीले लज्जापद हार व्यहोर्दा पनि कांग्रेस नेतृत्व मौन रहेको भन्दै केही नेताले सभापति शेरबहादुर देउवाको आलोचना थालेका हुन् ।

उनीहरुले पार्टीभित्रको गुटबन्दी अन्त्य र आन्तरिक सुदृढीकरण नहुँदा पार्टीको अवस्था कमजोर भएको भन्दै विशेष महाधिवेशनको माग गरेका छन् ।

सुदृढीकरणको गृहकार्य गर्नेभन्दा पनि सभापति देउवा एकलौटी पदाधिकारी मनोनयनमा लागेर झन् विवाद बढाएको युवा नेता गगन थापाको भनाइ छ ।

पार्टीका आन्तरिक समस्या निराकरण गर्न गम्भीर छलफल आवश्यक भएपनि सभापति देउवाले रुचि नदेखाएको युवा नेताहरुको आरोप छ ।

मनोमानी तरिकाले थिति र विधानलाई लत्याएर पार्टी सन्चालन गरेको आरोप लगाउँदै उनीहरुले अब पार्टीभित्र देउवाको विकल्प खोज्नुपर्ने बताउँछन् ।

महासमिति हुँदै विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नुपर्ने उनीहरुको भनाइ छ ।

पार्टी नेतृत्व गुटगत हुँदा समस्या थपिएको र पार्टीलाई सिद्धान्तविहीन बनाउँदा जनतामा पार्टीप्रति नकारात्मक दृष्टिकोण बढ्दै गएको युवा नेताहरुको भनाइ छ ।

पार्टीभित्रका असन्तुष्टिका स्वरलाई सभापति देउवाले तत्काल सम्बोधन नगरे यसले पार्टीलाई नै थप क्षति पुर्‍याउने कतिपयको विश्लेषण छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्