
काठमाडौं, मंसिर ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतमा कार्यरत् प्रहरी निरीक्षक सुशोभन श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
एक सेवाग्राहीको सुनचाँदी पसल चोरी भएकोमा चोर पक्राउ गर्न सहजीकरण गरिदिने भन्दै प्रहरी निरीक्षक श्रेष्ठले रु १५ हजार घुस माग्दा–माग्दै आयोगको टोलीले केही दिनपहिले पक्राउ गरेको थियो ।
आयोगले जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्