यातायात व्यवसायीद्वारा आन्दोलन घोषणा, यातायात ठप्प पार्नेसम्मको चेतावनी • Image Khabar Image Khabar


यातायात व्यवसायीद्वारा आन्दोलन घोषणा, यातायात ठप्प पार्नेसम्मको चेतावनी


Imagekhabar
५ बैशाख २०७५, बुधबार १६:१८

यातायात व्यवसायीद्वारा आन्दोलन घोषणा, यातायात ठप्प पार्नेसम्मको चेतावनी

सरकारले यातायात व्यवसायीहरुको संघ–संस्थालाई जिल्ला प्रशासन कार्यालयमा दर्ता रोक्ने निर्णय गरेपछि उनीहरुले बुधबार राजधानीमा संयुक्तरुपमा पत्रकार सम्मेलन गरी विरोध गरेका हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले यातायात व्यवसायीको संघ–संस्थालाई जिप्रकामा नवीकरण नगर्ने र दर्ता रोक्ने निर्णय गरेको थियो ।

व्यवसायीहरुले यातायात क्षेत्रमा आफूहरुले सिन्डिकेट प्रणाली नलगाएको भन्दै सरकारले मध्यम वर्गीय जनताको लगानीलाई खोस्न खोजेको आरोप लगाए ।

व्यवसायीहरुले सरकारले आफूहरुका माग सम्बोधन नगरे देशभरि नै आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

बिहीबार (भोलि)देखि संयुक्तरुपमा नै आन्दोलनको तयारी गरेका व्यवसायीहरुले वैशाख २१ गतेदेखि भने गाडीहरु नचलाउने र मागको सम्बोधन नभए वैशाख २७ गतेदेखि देशभर नै सार्वजनिक सवारी–साधन नचलाउनेलगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्