
मौलिक सम्पदाको जीर्णोद्धार गर्न सरकार उदासीन रहेको भन्दै पुनःनिर्माण अभियानले तत्काल काम थाल्न माग गरेको हो ।
काष्ठमन्डप पुनःनिर्माणका लागि वि.सं. २०७२ जेठमा नै सरकारको ध्यानाकर्षण गराएपनि कुनै वास्ता नगरेको अभियानका अध्यक्ष वैकुण्ठ मानन्धरले बताए ।
इसापूर्व पहिलो शताब्दीको काष्ठमन्डप क्षेत्र समुदायको स्वामित्वमा पुनःनिर्माण हुनुपर्ने अभियानकर्मीहरुको माग छ ।
जनस्तरबाटै पुनःनिर्माण गरेर विश्वसामु नेपाली पुरातात्विक सम्पदा जोगाउन हामी आफैं सक्षम छौं भन्ने सन्देश दिन पनि स्थानीय समुदायलाई सहभागी गराउनुपर्ने अभियानकर्मीहरुको भनाइ छ ।
वि.सं. २०७२ साल वैशाख १२ गते गएको शक्तिशाली भूकम्पबाट काष्ठमन्डप भत्केको थियो ।
प्रतिक्रिया दिनुहोस्