१६ भाद्र २०८२, सोमबार | Tue Sep 2 2025


काठमाडौं, भक्तपुर र ललितपुरलाई हेर्नेगरी स्वास्थ्य कार्यालय सन्चालनमा


0
Shares

काठमाडौं, मंसिर ३ । स्वास्थ्य क्षेत्रका कार्यालयहरुलाई पनि संघीय संरचनाअनुसार व्यवस्थित गर्न थालिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयहरु खारेज गरी स्थानीय तहमा पठाइएपछि ती स्वास्थ्य कार्यालयहरुको संयोजन गर्न प्रदेशस्तरमा ३५ ओटा स्वास्थ्य कार्यालय रहने व्यवस्था गरिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरलाई हेर्नेगरी काठमाडौंमा स्वास्थ्य कार्यालय सन्चालनमा आएको छ ।

कार्यालयको सोमबार प्रदेश नम्बर–३ का सामाजिक विकासमन्त्री युवराज दुलालले उद्घाटन गरे ।

३ नम्बर प्रदेशमा पाँचओटा स्वास्थ्य कार्यलय रहनेछन् ।

कार्यक्रममा प्रदेश–३ का सामाजिक विकासमन्त्री दुलालले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालयहरु स्थापना गरिएकाले सोहीअनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिए ।

स्वास्थ्य कार्यालयहरुले स्थानीय तहमा स्वास्थ्यसम्बन्धी कामको समन्वय, सहयोग र तालिम दिनेलगायतका कामहरु गर्नेछन् ।