
नेप्से ३३ अंकले उछालिएर १३ सय ६३ पुग्यो भने कारोबार पनि अर्ब नाघ्यो ।
कारोबार भएका सबै समूहमा सुधार आयो । जलविद्युत् समूहमा सबैभन्दा सबैभन्दा उच्च १०७ अंकको वृद्धि आयो । विकास बैंक समूह ६५ अंक, बिमा समूह ६३ अंकले उकालो लागे ।
होटल समूहमा ३७ अंक, उत्पादनमूलक समूह २८ अंक अनि वाणिज्य बैंक समूहमा पनि ३२ अंकको सुधार आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६५ कम्पनीका २४ लाख ४० हजार कित्ता सेयर १ अर्ब १३ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्