सुनको भाउ तोलाको ५९ हजार पुग्यो • Image Khabar Image Khabar


सुनको भाउ तोलाको ५९ हजार पुग्यो


Imagekhabar
५ बैशाख २०७५, बुधबार २०:३८

सुनको भाउ तोलाको ५९ हजार पुग्यो

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले उकालो लागेर तोलाको ५९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य मंगलबार तोलाको ५८ हजार ८०० रुपैयाँमा स्थीर रहेको थियो ।

बुधबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले उकालो लागेर तोलाको ७६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंन्स १३ सय ५४ डलर हाराहारीमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्