२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पुनर्निर्माणमा प्रतिवद्धता जनाए पनि आफूखुशी गैरसरकारी संस्थामा खर्च गर्दै नर्वे


0
Shares

विपतको बेला ठूलै सहयोग घोषणा गरेर सहानुभूति देखाए पनि नर्वेले त्यसलाई नेपालको बजेट प्रणालीमा समावेश नगरी आफ्नै स्वार्थअनुकुल खर्च गरेको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई ‘बाइपास’ गरेर उसले पुनर्निर्माणका लागि घोषणा गरेको रकम बिबिसी मिडिया एक्सन, आद्रा एटलस एलायन्स, संकल्प, सेभ दि चिल्ड्रेन, डबलुएचओ जस्ता गैरसरकारी संस्थामार्फत खर्च गरेको हो । भूकम्पपछि सरकारद्वारा आयोजित दाता सम्मेलनमा नर्वेले एक अर्ब ५९ करोड रुपैयाँ सहायता घोषणा गरेको थियो । तर, उसले सरकारको बजेट प्रणालीबाट अहिसम्म एक पैसा पनि उपलब्ध गराएको छैन ।

पुनर्निर्माण प्राधिकरणले घोषित सहायता रकमको सम्झौता गर्न पटक–पटक ताकेता गर्दा ऊ पन्छिदै आएको छ । पुनर्निर्माणमा सहयोग गर्नुपर्ने रकम विभिन्न गैरसरकारी संस्थामार्फत शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, लैंगिक समानता, खानेपानी तथा सरसफाइलगायत कार्यक्रममा खर्च भएको छ ।

अहिले नर्वेले पुनर्निर्माण प्राधिकरणमार्फत खर्च हुनेगरी सहायता प्रदान गर्ने घोषणा नै नगरेको दाबी गरेको छ । –नागरिक दैनिकबाट