
विश्व सम्पदा दिवसको अवसर पारेर हुलाक टिकट प्रदर्शनी गरिएको हो ।
प्रदर्शनीमा विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका साँस्कृतिक, ऐतिहासिक महत्वका सम्पदा अंकित हुलाक टिकटहरु राखिएको छ ।
बिहीबार प्रदर्शनीको उद्घाटन गर्दै सन्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालका ऐतिहासिक सम्पदाहरुको संरक्षणका लागि सम्पदामार्ग बनाउन थालिएको प्रयासमा आफ्नो पूर्णसहयोग रहने प्रतिबद्वता जनाए ।
सम्पदाको संरक्षणले पर्यटन प्रवद्र्वनमा सहयोग पुर्याउनुका साथै देशको अर्थतन्त्रमा मजबुत् बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।
यही वैशाख २ गतेदेखि सुरु भएको साताव्यापी सम्पदा दिवससम्बन्धी कार्यक्रम शनिबारसम्म चल्नेछ ।
कार्यक्रममा प्रदर्शनीमा राखिएका हुलाक टिकट उपलब्ध गराउने व्यक्तिहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्